गोसाइकुण्डमा आर्ट अफ लिभिङको ध्यान शिविर
रसुवा : द आर्ट अफ लिभिङ नेपालले रसुवाको प्रसिद्ध धार्मिकस्थल गोसाइकुण्डमा ध्यान शिविर गरेको छ । गोसाइकुण्ड क्षेत्र विकास समिति रसुवाले गोसाइकुण्ड गाउँपालिकासँगको सहकार्यमा ध्यान शिविर आयोजना गरेको हो । गोसाइकुण्डमा प्रत्येक वर्र्ष जनै पूर्णिमाको दिन भक्तजनको घुँइचो लाग्नेगर्छ ।
हिमाली तीर्थस्थलमा भक्तजनहरुले स्नान, पूजा र मन्त्रजप गर्दै उल्लासपूर्वक पर्व मनाउनुको साथै ध्यान गरेका थिए । पवित्रस्थलमा ध्यानको अनुभव गर्न पाउँदा आफूलाई निकै भाग्यमानी महसुस गरेको सहभागीहरुले प्रतिक्रिया दिएको द आर्ट अफ लिभिङका प्रशिक्षक काव्य लम्सालले बताए ।
आध्यात्मिक गुरु श्री श्री रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ फाउण्डेसनले विश्वका १८४ भन्दा बढी देशहरुमा योग, ध्यान, प्राणायाम, सुदर्शन क्रिया, आध्यात्मिक ज्ञान, सेवा र शिक्षा दिने काम गरिरहेको छ ।