सामाजिक सञ्जालमा बुबाको फोटो राखेर सम्झना र सम्मान

नेपालगन्ज : कुशे औंसीको दिन शनिबार बुबाको सम्झना र सम्मानमा सामाजिक सञ्जाल फोटोले भरिएका छन् । बुबा हुनेले भेटेका, आशिर्वाद थापेका र स्वर्गीय बुबाको सम्झना र सम्मानमा पनि सन्तानले स्टाटस लेखेका छन् । फेसबुक, टिकटक, एक्स, इन्ट्राग्रामलगायतका सामाजिक सञ्जाल बुबाका फोटो र भिडियोले भरिएका हुन् ।
भाद्र कृष्ण अमावस्या अर्थात् कुसे औंसीका अवसरमा हिन्दु धर्मावलम्बीहरू वर्षभरि देवकार्य तथा पितृकार्यमा पवित्र मानी प्रयोग गरिने कुश पनि घर घरमा भित्र्याएका छन् ।आजका दिन पितृदेवो भवु भन्ने मान्यताअनुरूप आफ्ना बाबुलाई मन पर्ने मिठाई, भोजन खुवाई मुख हेर्ने र यथोचित सम्मान गर्ने परम्परा रहिआएको छ । यस अवसरमा आज बाबु नहुनेहरूले पितृको तृप्ति एवं कल्याणको कामना सम्झनास्वरूप श्राद्ध, तर्पण आदि गर्ने चलन छ ।