भानु पुस्तकालयले खुवायो दर !

टीकापुर : कैलालीको भानु पुस्तकालय तथा श्रोत केन्द्रले महिलालाई दर खुवाएको छ । कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा रहेको पुस्तकालयले आइतबार तीज मिलन तथा शुभकामना आदान प्रदान र दरखाने कार्यक्रम गरेको हो । पुस्तकालयका उपाध्यक्ष धनसरी कोइरालाको अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथि टीकापुर ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहेका थिए । कार्यक्रममा टीकापुर ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्ला, साबिक नारायणपुर गाविसका अध्यक्ष फकिरसिह कडायत, साबिक धनसिहपुर गाविसका अध्यक्ष जंगबहादुर साउँद बिशिष्ठ अतिथि रहेका थिए । खुमा तिवारीको स्वागत मन्तव्यसँगै शुरु भएको तिज मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकार मानबहादुर ठकुल्ला, भीम बिक, दिगो विकास बचत तथा ऋण सहकारी संस्थाका ब्यवस्थापक तारा साउँद, टीकापुर ७ का वडा सदस्य कैलाशपति चौधरी, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना , बटनपुर खानेपानी सरसफाइ संस्थाका अध्यक्ष धनसिह साउँद लगायतले तिजको शुभकामना दिएका थिए ।