बेपत्ता पारिएका ब्यक्तिको सम्झनामा १३ जनाद्वारा रक्तदान

नेपालगन्ज : सशस्त्र द्वन्द्वमा बेपत्ता पारिएका व्यक्तिको सम्झनामा शुक्रबार नेपालगन्जमा रक्तदान गरिएको छ ।
एड्भोकेसी फोरम, द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल लगायतका संघसंस्थाको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा पुरुष र महिला गरी १३ जनाले रक्तदान गरेको थिए ।
एड्भोकेसी फोरमका लुम्बिनी प्रदेश संंयोजक वसन्त गौतमले अधिकारकर्मी र द्वन्द्व पीडित परिवारले बेपत्ता पारिएका ब्यक्तिको सम्झनामा हरेक वर्ष रक्तदान कार्यक्रम गर्दै आएकोे बताए ।