नेपालगन्जका ८ लायन्स क्लबको संयुक्त पदस्थापना
नेपालगन्ज : बाँकेका ८ वटा लायन्स क्लबले आइतबार नेपालगन्जमा संयुक्त रुपमा पदस्थापना कार्यक्रम गरेका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ को रिजन १० अन्तर्गत जोन २२ मा रहेका लायन्स क्लब अफ नेपालगन्ज एनएलएफ, सिटी, बजार, सिनर्जी, जोन २३ मा रहेका क्लबहरु इनोभेटिभ, जीवन, सिद्धिविनायक र टाउनका नवनिर्वाचित अध्यक्षहरुलाई डिष्ट्रिक गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठले पद तथा गोपनीयताको सपथ ग्रहण र पदस्थापना गरेका हुन् ।
गर्भनर श्रेष्ठले क्लबका अध्यक्ष र सदस्यहरुलाई उत्प्रेरक मन्तव्य दिँदै आफूले ल्याएको धरमभकारी कार्यक्रममा जन्मदिन वा आफन्तको स्मृतिका अवसरमा सहयोग गर्न आग्रह गरेका थिए । गर्भनरले ल्याएको कार्यक्रम भए पनि धरमभकारीको कोषमा संकलित रकम एरियामार्फत खर्च गरिनेछ । गर्भनर श्रेष्ठका अनुसार अहिलेसम्म क्लबले कम्तीमा ११ हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म प्रदान गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।.
कार्यक्रममा फस्ट भाइस डिष्ट्रिक गर्भनर टीकाराम चपाईले क्लबका नयाँ सदस्यहरुलाई सपथ गराएका थिए ।
कार्यक्रमको पहिलो शत्रको अध्यक्षता लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभका वर्ष २०२४/२०२५ का अध्यक्ष शंकरप्रसाद खनालले गरेका थिए ।
दोस्रो शत्र लायन्स क्लब अफ सिनर्जीका वर्ष २०२५/२०२६ का अध्यक्ष कमल पौडेलले अध्यक्षता गरेको कार्यक्रममा ८ वटै क्लबका निवर्तमान अध्यक्षहरुले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नवनिर्र्वाचित अध्यक्षहरुले क्लबको भावी योजना सुनाएका थिए । कार्यक्रममा क्लबका सदस्यहरुलाई गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठले आफ्नो पिनबाट सम्मान गरेका थिए ।
कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनका पूर्व गर्भनर मुकुट ढकाल, डिष्ट्रिक सचिव नरेन्द्र श्रेष्ठ, डिष्ट्रिक कोषाध्यक्ष भीम सुवेदी, सिनियर लायन्स लिडरहरु चिन्तामणि धिताल, उमा थापा मगर, तेजप्रसाद अधिकारी, डा. राजकुमार सुवेदी, सन्जय थापा, कृष्णप्रसाद श्रेष्ठ, डिल्लीराम रेग्मी, विवेक श्रेष्ठ, राजेन्द्रप्रसाद रिजाल, एरिया चिफ पुष्कर खड्का, सचिव वसन्ती रोकाय, रिजन चेयर पर्सन गुञ्जन सेठिया, जोन २२ चेयर पर्सन घनश्याम वैश्य, जोन २३ चेयर पर्सन मीना सुवेदी ढकालका साथै लायन्स लिडर, क्लबका पूर्व पदाधिकारी तथा सदस्य, लियो क्लबका अध्यक्षहरुको सहभागिता रहेको थियो ।