संस्था ऐनको मस्यौदा खारेजीको माग गर्दै बर्दिया प्रशासनमा ज्ञापनपत्र
सन्जय आचार्य । गुलरिया
गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा बर्दियाले संघ संस्था ऐन २०८२ को मस्यौदा खारेज गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा ज्ञापन पत्र बुझाएको छ । महासंघ जिल्ला शाखा कोषाध्यक्ष विभा विकको नेतृत्वको टोलीले बुधबार जिप्रकाका प्रमुख प्रशासकीय अधिकृत विमल गुरुङलाई ज्ञापनपत्र बुझाएको हो। सो ज्ञापनपत्र बुझाएको हो ।
सरकारले सार्वजनिक गरेको संघ संस्था ऐन, २०८२ को मस्यौदा विधेयकले नागरिक समाज संस्था, सामाजिक संघ–संस्था, मानव अधिकार, सामाजिक रुपान्तरण र सामुदायिक विकासका क्षेत्रमा क्रियाशील संस्थाहरूको अधिकार कटौती गर्ने खालको प्रावधान समावेश भएको भन्दै ज्ञापनपत्रमा विरोध जनाइएको छ।
गैरसरकारी संस्था महासंघले लोकतन्त्र, संवैधानिक अधिकार, नागरिक स्वतन्त्रता, समावेशिता र पारदर्शिता जस्ता मुल्य मान्यतामाथि मस्यौदाले प्रत्यक्ष प्रहार गरेको ठहर गरेको छ। गैरसरकारी संस्था महासंघ, जिल्ला शाखा बर्दियाले नागरिक समाजलाई संकुचित पार्ने जुनसुकै कानुनी व्यवस्थाविरुद्ध एकजुट भइ आवाज उठाउने प्रतिबद्धता समेत जाहेर गरेको छ।