कैलालीको सत्तीमा दिउँसै चोरी !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको सत्तीमा दिउँसै एक घरमा चोरी भएको छ ।
प्रहरी चौकी सत्तीका इन्चार्ज बमबहादुर खड्काका अनुसार टीकापुर नगरपालिका वडा न ७ का देवीराम भण्डारीको घरमा शनिबार मध्यान्न १२ बजेतिर गरगहना र नगद चोरी भएको छ । घरधनी भण्डारीका अनुसार आफू घरमा कोही नभएको अवस्थामा स्टिल दराजमा राखेको सुनको सिक्री, छड्के तिलहरी, बाला, औंठी, झुम्का, माइली तिलहरी, जुली र नगद पाँच हजार चोरी भएको हो ।
चोर शौचालयमाथि चढेर घरको छतमा गइ छतबाट कोठा पसेर दराजको लक हसियाले फोडेर लगेको भण्डारीले बताएका छन् । चोरीका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।