बालशिक्षा माविमा लगाइयो २५० वटा फलफूलका बिरुवा
नेपालगन्ज : बाँके कोहलपुर नगरपालिकाको बालशिक्षा माध्यमिक विद्यालय भरैयामा फलफूलका बिरुवा लगाइएको छ । लुम्बिनी वार्ल्ड पिस फोरमका अध्यक्ष बासु गौतमको अगुवाइमा ज्योति विकास बैंकको आर्थिक सहयोग र एट बिलियन ट्रिको सहकार्यमा शनिबार अमला, कटहर, अम्बा, सितलचिनी र कागतिका गरी २५० वटा भन्दा बढी बिरुवा लगाइएको हो ।
विद्यालयका प्रधानाध्यापक आदरणीय तर्क खत्रीको अनुरोधमा हेमन्तराज काफ्ले (हरित हेमन्त)को पहलमा विद्यालयमा बिरुवा लगाइएको थियो । उक्त कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, ज्योति बैंकका कर्मचारी तथा स्थानीय बासिन्दाको सक्रिय सहभागिता रहेको थियो।