होटल व्यवसायी संघ बाँकेमा दोस्रो कार्यकालका लागि कँडेल अध्यक्ष
नेपालगन्ज : होटल ब्यवसायी संघ बाँकेको अध्यक्षमा भीमलाल कँडेल निर्वाचित भएका छन् ।
संघको हालै सम्पन्न ११ औं जिल्ला अधिवेशनले कँडेलको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्य समिति चयन गरेको हो । संघमा रंगबहादुर खड्का निवर्तमान अध्यक्ष थिए । त्यसअघि भने संघकोे अध्यक्ष कँडेल अध्यक्ष थिए । कँडेलको यो दोस्रो कार्यकाल हो ।
निर्वाचन अधिकृत वसन्त गौतमका अनुसार कँडेल नेतृत्वको नवनिर्वाचित कार्य समितिमा वरिष्ठ उपाध्यक्ष घनश्याम थापा, उपाध्यक्ष विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष (महिला) विष्णु शाही, महासचिव प्रेमबहादुर शाह, सचिव थुमबहादुर क्षेत्री, कोषाध्यक्ष एकराज पाण्डेय र सहकोषाध्यक्षमा घनश्याम शर्मा निर्वाचित भएका छन् ।
सदस्यहरुमा अतुलकुमार गुप्ता, राजकुमार बिक, मेघबहादुर गुरुङ, कुलबहादुर कार्की तथा सदस्य (महिला) मा गीता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका छन् । कार्य समितिमा तीन जना सदस्य मनोनित गर्ने व्यवस्था रहेको छ ।