उद्योग व्यवसाय निर्बाध सन्चालन गर्न देउ : संघ
नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघ, बाँकेले जेनजी आन्दोलनपछि उद्योग व्यवसाय निर्बाध रुपमा सञ्चालन गर्न पाउने अधिकार सुनिश्चित गर्न माग गरेको छ ।
संघका अध्यक्ष टंकबहादुर धामीले आइतबार प्रेस विज्ञप्ती प्रकाशित गर्दै जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा भएको ठूलो जनधनको क्षतिका घटनाप्रति दुःख व्यक्त गर्दै नव निमार्ण एवं पुननिर्माणका लागि आगामी दिनमा आवश्यक पर्ने बजेटको मुख्य स्रोत निजी क्षेत्र भएकाले यसलाई निर्वाध रुपमा सञ्चालन गर्न, आवश्यक शान्ति सुरक्षा व्यवस्था कायम गर्नका साथै निजी क्षेत्रका गतिविधिहरु सञ्चालन गर्न नसके अर्थतन्त्रमा थप समस्या हुने र आगामी दिनमा राजस्वमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले आमसर्वसाधारण तथा उद्यमी व्यवसायीले निर्वाध रुपमा पेशा, व्यवसाय सन्चालन गर्न पाउने अधिकार सुनिश्चित गर्न सरोकारवाला पक्षसँग माग गरेका हुन् ।
उनले विज्ञप्तीमा भनेका छन्, ‘शुसासन, सामाजिक न्याय, भष्टाचार नियन्त्रणका साथै सामाजिक सञ्जाल प्रतिबन्धको विरुद्ध आवाज उठाउने क्रममा निजी क्षेत्रमा भएको ठुलो जनधनको क्षतिका घटना प्रति संघ गहिरो दुःख व्यक्त गर्दैै राष्ट्रले नयाँ प्रधानमन्त्री समेत पाइसकेको परिप्रेक्ष्यमा युवा पुस्ताको चाहना बमोजिम समुन्नतिको यात्रामा देश अघि बढने संघले विश्वास लिएको छ ।’
विषम परिस्थितिमा उद्योग र व्यावसाय, व्यावसायीक प्रतिष्ठानहरु, शैक्षिक संस्थाहरु पूर्ण रुपमा सञ्चालन गर्न तथा देशको अर्थतन्त्रलाई चलायमन बनाउन, उत्पादन, रोजगारी, लगानीलाई प्राथमिकता दिन, संवैधानिक सर्वोच्चता र विधिको शासन कायम गर्न सरोकारवाला पक्ष समक्ष संघ जोडदार माग गर्दछ विज्ञप्तीमा भनिएको छ