पाटेश्वरी विद्यालयको सामाजिक लेखापरीक्षण सम्पन्न

नेपालगन्ज : बाँकेको श्री पाटेश्वरी आधारभूत विद्यालयले सामाजिक लेखापरीक्षण गरेको छ ।
नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ भुजइगाउँमा रहेको विद्यालयले शुक्रबार अभिभावक भेला, पुरस्कार वितरण तथा एसआइपी तथा सामाजिक लेखा परीक्षण कार्यक्रम संयुक्त रुपमा सम्पन्न गरेको हो ।
कार्यक्रममा खेलकुद प्रतियोगितामा कक्षा ७ बाट हिना मनिहार, वक्तृत्वकला प्रतियोगितामा मनिषा मनिहार, मेंहदी लगाउने प्रतियोगितामा ममता साहू र कप फोल्डिङ्ग प्रतियोगितामा १ देखि ४ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए । उक्त प्रतियोगितामा कक्षा १ बाट फतिमा मनिहार कक्षा २ बाट साजिया मनिहार, कक्षा ३ बाट नन्दनी नाउँ, कक्षा ४ बाट अली हुसेन र बालशिक्षाबाट अन्सारी र त्रैमासिक परीक्षामा कक्षा १ देखि कक्षा ८ सम्मका विद्यार्थीहरुमा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।
त्यसैगरी त्रैमासिक परीक्षामा भएको नतिजामा कक्षा ४ का पवित्रा क्षेत्री प्रथम, मुस्कान मनिहार दोस्रो र आइसा मनिहार तृतीय कक्षा ५ का मोनहर कुर्मा, सबनम कबडिया दोस्रो र कृष्ण लोनिया तृतीय भएका छन् । कक्षा ६ का अन्सिका लोनिया प्रथम, कक्षा ७ का प्रिस्कीला बिक द्वितीय र राम बाबु नाउँ तृतीय भएका थिए । प्रथम, द्वितीय र तृतीय भएका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष माधवराम वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रम विद्यालयका शिक्षक खेमराज उपाध्यायले सञ्चालन गरेका थिए ।