एक्टिङ स्टारकी टप ५ नवीनालाई गृह जिल्लाको साथ
नेपालगन्ज : अभिनयमा आधारित रियालिटी शो एक्टिङ स्टार फिनालेको टप ५ मा पुगेकी नेपालगन्जकी कलाकार नवीना रानाभाटलाई गृह जिल्ला बाँकेमा राम्रो साथ मिलेको छ ।
आइतबार नेपालगन्जमा आयोजित मिडिया क्याम्पेनमा कलाकार रानाभाटलाई जिल्लाका विभिन्न क्षेत्रका व्यक्तिहरुले साथ र सहयोग रहेको प्रतिक्रिया दिए ।
कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य कृष्णा केसी नमुना, बरिष्ठ अधिवक्ता लोकबहादुर शाह, गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव नमस्कार शाह, नेपाल रेडक्रस सोसाइटीका केन्द्र्रीय महासचिव मीनबहादुर मल्ल, बाँकेका पूर्व प्रहरी प्रमुख वीरबहादुर ओली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई र बाँके शाखा अध्यक्ष नवीन गिरी, नेपालगन्ज उपमहानगरपालिकाका पूर्वउपप्रमुख उमा थापा मगर, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नाट्टा बाँके च्याप्टरका बरिष्ठ उपाध्यक्ष झविलाल शर्र्मालाल शर्मा लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरु मिडिया क्याम्पेनमा पुगेर नवीनालाई सफलताको कामना गर्दै आफूहरुले साथ र सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कलाकार नवीनाले पश्चिम नेपालकै साथ पाए एक्टिङ स्टारको उपाधि ल्याउन सकिने भन्दै भोट अपील गरेकी थिइन् । उनका बुबाआमाले पनि छोरीका लागि भोट मागेका थिए । बुबा भीमबहादुर रानाभाटले छोरीको अभिनय क्षमताले एक्टिङको फिनालेमा पुग्न सफल भएको भन्दै पश्चिम नेपालकै मान र शानका लागि भोेट गरेर छोरीलाई जिताउन आग्रह गरेका थिए ।
एपी वान टेलिभिजनबाट प्रसारण भइरहेको एक्टिङ स्टार रियालिटी शोमा नवीना रानाभाटसहित ५ जना फिनालेमा पुगेका छन् । आगामी २२ असोजमा भोटिङका आधारमा विजेता घोषणा हुनेछ ।