चौथो ठाकुरबाबा गोल्डकप फुटबल शुक्रबारदेखि हुँदै

वनवीरपुर (बर्दिया) : ठाकुरबाबा गोल्डकप फुटबल प्रतियोगिता ठाकुरबाबा नगरपालिकाको वडा नं. ५ वनवीरपुरको खेल मैदानमा आगामी शुक्रबारदेखि हुँदैछ ।
चूरे जनजागृति युवा क्लब वनवीरपुरले हरेक वर्ष छठ तथा तिहारको अवसरमा आयोजना गर्ने ठाकुरबाबा गोल्डकपको यो चौथो संस्करण हो । क्लबका अध्यक्ष कलमबहादुर थापाका अनुसार प्रतियोगितामा जिल्लाका २० बढी टिमको सहभागिता रहनेछ ।
गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने अध्यक्ष थापाले जानकारी दिए । त्यसैगरी सेमिफाइनल पुगेका अरु दुई टिमलाई जनही ७ हजार १११ रुपैयाँ, उत्कृष्ट खेलाडी, अनुशासन लगायतलाई जनही पैतीस सयदेखि चार हजार रुपैयाँ पुरस्कार दिने आयोजक संस्थाको तयारी छ । गोल्डकपका लागि विभिन्न मनकारी दाताहरुले सहयोग गरेका छन् ।

ठाकुरबाबा गोल्डकपका सहयोगी दाताहरु

  • कैलाश सामुदायिक वन उपभोक्ता समूह वनवीरपुर : रु.६१,१११ /-
  • केआरएन इट्टा उद्योग शाहीपुरका सन्चालक रामऔतार थारु :रु. ३५,००० /-
  • क्लबका पूर्वअध्यक्ष बिष्णुनाथ योगीले स्व.बुबा गोपालनाथ योगीको सम्झनामा : रु १४,२२२ /-
  • ठाकुरबाबा-१ भुरिगाउँका युवराज अधिकारी : रु. ११,००० /-
  • क्लबका पूर्व खेलाडी रामलौटन थारु : रु. १०, १५१ /-
  • ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल : रु. १०,०००/-
  • क्लबका सदस्य तथा खेलाडी नेपाली सेनामा कार्यरत मीनबहादुर थापा : १ सेट नयाँ जर्सी
  • क्लबका पूर्वकोषाध्यक्ष हरिप्रसाद थारु : रु. ५,००० /-
  • बारबर्दिया नगरपालिका जयनगर प्रहरी चौकी इन्चार्ज जोरासिंह अधिकारी : ३,५०५/-
  • ठाकुरबाबा -१ भुरिगाउँका शिव योगी : रु. ३,५००/-
  • भण्डारी मेडिकलका हलका सन्चालक प्रेम भण्डारी : रु २१००/-
  • क्लबका पूर्वसह-सचिव विनोदप्रसाद जैशी : रु. १,५०१/-
  • ठाकुरबाबा -५ वनवीरपुरका शिशिर रत्गैया : रु. १,००० /-