‘नेपालगन्ज सांस्कृतिक साँझ’ हुँदै
नेपालगन्ज : पश्चिम नेपालका विभिन्न जातजातिका गीत तथा नृत्य एकैथलोमा हेर्न पाइने गरी भोलि शुक्रबार बाँकेमा नेपालगन्ज सांस्कृतिक साँझ हुँदैछ । चार तारे होटल सिटी प्यालेसमा साँझ साढे ६ बजेदेखि आयोजना गरिने सांस्कृतिक साँझमा प्रवेश निःशुल्क गरिएको कार्यक्रम संयोजक श्रीराम सिग्देलले जानकारी दिए । सांस्कृतिक साँझमा विभिन्न जातजातिका सांस्कृतिक कार्यक्रमका साथै देउसीभैलोको पनि आनन्द लिने पाइने संयोजक सिग्देलले बताए ।
नेपाली मौलिक कला संस्कृतिको जर्गेना तथा पुस्तान्तरण मूल गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक साँझका दर्शकहरुले मौलिक परिकारको स्वाद लिन पाउने छन् । मदिराका पारखीहरुले मौवाको रक्सी खान पाउनेछन् । खाना, नास्ता र अल्कोहल भने सशुल्क रहने आयोजकले जनाएको छ ।