तिहारको झल्को दिँदै नेपालगन्ज सांस्कृतिक सन्ध्या सम्पन्न

नेपालगन्ज : बाँकेको चार तारे होटल सिटी प्यालेस नेपालगन्जले शुक्रबार यहाँ नेपालगन्ज सांस्कृतिक सन्ध्या नामक सांगितिक कार्यक्रम आयोजना गरेको छ ।

नेपाली मौलिक कला संस्कृतिको जर्गेना तथा पुस्तान्तरण मूल गर्ने उद्देश्यले आयोजना गरिएको सांस्कृतिक सन्ध्याको राष्ट्रिय गानबाट शुुभारम्भ गरी देउडा नृत्य पहिलो प्रस्तुती र देउसीभैलोबाट समापन गरिएको थियो । कलाकारहरुले देउसी खेल्दा तिहारको झल्को मिलेको थियो ।
कार्यक्रममा पश्चिम नेपालका विभिन्न जातजातिका सामूहिक र एकल नृत्य प्रस्तुत गरिएको थियो । दर्शकको माग र रुची हुँदा आगामी दिनमा पनि यस्ता सांस्कृतिक सन्ध्या आयोजना गर्न सकिने होटल सिटी प्यालेसका सञ्चालक लोकेन्द्र अर्यालले बताए ।