चौथो ठाकुरबाबा गोल्डकप उद्घाटन, शनिबार ३ खेलहुँदै
वनवीरपुर : बर्दियाको ठाकुरबाबा नगरपालिकामा चौथो ठाकुरबाबा गोल्डकप सुरु भएको छ ।
ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालले शुक्रबार वनवीरपुरको खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरेका हुन् । कार्यक्रममा नगर उपप्रमुख बिनाकुमारी भट्टराई, ठाकुरबाबा ५ का वडाअध्यक्ष शम्भु थारुलगायतका जनप्रतिनिधिहरू, गाउँ बडघरहरू, सहयोगी दाताहरू, खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।
शनिबार पहिलो चरणका तीन वटा खेल हुँदैछन् । बिहान १० बजे पहिलो खेल ठाकुरबाबा ३ मिर्चैया र ठाकुरबाबा ४ सैनवारबीच, १२ बजे दोस्रो खेल बारबर्दिया ४ खरक र गेरुवा ४ बीच र तेस्रो खेल राजापुर र ठाकुरबाबा ९ बीच प्रतिष्पर्धा हुने क्लबले जनाएको छ ।