टीकापुरमा दोश्रो जगननथ्या फुटबल सुरु

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा दोश्रो जगननथ्या फुटबल प्रतियोगिता सुरु भएको छ ।
तिहारको अवसरमा टीकापुर नगरपालिका वडा नं. ६ मा सञ्चालन भएको प्रतियोगिताको सोमबार नगरपालिकाका कार्यवाहक नगर प्रमुख लालवीर चौधरीले खेल उद्घाटन रहेका थिए ।
जगननथ्या ग्रुपका अध्यक्ष ओमप्रकाश चौधरीको अध्यक्षतामा भएको उदघाट्न समारोहमा टीकापुर ६ का अध्यक्ष बलिराम चौधरी, ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने, टीकापुर २ का वडा अध्यक्ष वीरबहादुर चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष योगेश रावल, टीकापुर उद्योग वाणिज्य संघका महासचिव प्रकाश तिमिल्सेना, टीकापुर ७का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने लगायतले मन्तव्य दिँदै प्रतियोगिता सफलताको कामना गरेका थिए । सोमबारको उदघाटन खेल टीकापुर ५ कर्मिडाँडाको टीम टीकापुर ५ डोङ्गपुरलाई शून्यका विरुद्ध ३ गोलले विजयी भएको थियो ।
प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ । विजेता टिमलाई १ लाख र उपविजेता टिमलाई ५१ हजार सहित ट्रफि प्रमाणपत्र सहित प्रदान गरिने जनाएको छ ।