ठाकुरबाबा गोल्डकप : मधुवन-४ ए र बारबर्दिया-१ फाइनलमा

वनवीरपुर (बर्दिया) : बदियाको ठाकुरबाबा नगरपालिका ५ वनवीरपुरमा जारी ठाकुरबाबा गोल्ड कप वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधिका लागि मधुवन नगरपालिका-४ ए र बारबर्दिया नगरपालिका-१ बीच मंगलबार दिउँसो भिडन्त हुने भएको छ ।
आयोजक चुरे जनजागृति क्लब वनवीरपुरका सचिव ललित विष्टका अनुसार सोमबार सम्पन्न पहिलो सेमिफाइनल बारबर्दिया-१ ले खेलमा मधुवन-४ एलाई शून्यका विरुद्ध २ गोल गरेर फाइनल यात्रा सुरक्षित गरेको हो । त्यसैगरी
मधुवन-४ एले बारबर्दिया-४ एलाई शून्यका विरुद्ध ३ गोल गरेर फाइनलमा पुगेको हो । प्रतियोगिताकोे सेमिफाइनल खेल बारबर्दिया र मधुवनका टिमबीच थियो भने उपाधि दाबीका लागि पनि यिनै पालिकाबीच रोचक भीडन्त हुनेछ । सेमिफाइनलमा दुबै टिमले विपक्षीलाई गोलरहित जित निकालेकाले फाइनल प्रतिष्पर्र्धात्मक हुने आँकलन गर्न सकिन्छ ।
गोल्डकप विजेता टिमलाई ६१ हजार १११ रुपैयाँ र उपविजेतालाई ३१ हजार १११ रुपैयाँ नगद पुरस्कार मेडल र ट्रफी दिइने छ ।