पत्रकारलाई पौडी खेलबारे अभिमुखीकरण

नेपालगन्ज : नेपालगन्ज स्वीमिङ क्लब बाँकेले जिल्लामा कार्यरत पौडी खेल सम्बन्धी अभिमुखीकरण गरेको छ ।
आगामी १४ र १५ कार्तिकमा नेपालगन्जमा आयोजना हुन लागेको दोस्रो नेपालगन्ज नेशनल स्वीमिङ च्याम्पियनसीपको पूर्व सन्ध्यामा पत्रकारलाई पौडी खेलबारे अभिमुखीकरण गरिएको हो । नेपाल पौडी संघका प्राविधिक प्रमुख विष्णु खड्काले पत्रकारलाई पौडी खेलका विधा, खेल्ने तरिका, स्कोर, विजेता घोषणा लगायतका प्राविधिक विषयमा जानकारी दिएका थिए । कार्यक्रममा नेपालगन्ज स्वीमिङ क्लब अध्यक्ष केशवराज न्यौपाने, बरिष्ठ उपाध्यक्ष सूर्यमणि अधिकारी, उपाध्यक्ष डा. नितेश कनोडियाले नेशनल स्वीमिङ च्याम्पियनसीपको तयारीका बारेमा जानकारी गराएका थिए । क्लबले आगामी दिनमा यस्ता प्रतियोगितालाई निरन्तरता दिने जनाएको छ ।