गजल

नरेन्द्र देवकोटा ‘प्रशान्त’
हाँसीहाँसी बाँचेको छु पोले पनि मेरो मन !!
रुखो बोली सहीदिन्छ बोले पनि मेरो मन !
आत्तिदैन कहिल्यै म मात्तिदैन कैल्यै पनि
मुस्कान् कैल्यै घटी हुन्न जले पनि मेरो मन !
लुकाएरै बाँचेको छु, समाजले दिने पिडा
काँध थापी टारीदिन्छु ढले पनि मेरो मन !
आमाबाबु दुबैलाई खुसी पार्नु पर्छ जैल्यै
सम्याउनै पर्छ मैले, दर्के पनि मेरो मन !
चिन्ता सुर्ता भोक निद्रा मर्द हुँदा जित्नुपर्छ
जसरी नि उठ्नु पर्छ, पल्टे पनि मेरो मन !
धर्मपत्नी छोराछोरी, हँसाउँछ यो केटाले
डर्दैन यो देवकोटा लडे पनि मेरो मन !
१४ कार्तिक २०८२, खलङ्गा प्युठान








