चिडिमार टोलमा बासद्वारा सरसफाइ

नेपालगन्ज : चिडिमार टोलमा सरसफाइ गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १२ बेलासपुरमा रहेको चिडिमार टोलमा द कोकाकोला फाण्डेशनको आर्थिक सहयोगमा सञ्चालित ग्रीन नेपालगञ्ज सामुदायिक फोहोर रुपान्तरण परियोजना अन्तर्गत बास नेपालले मंगलबार सरसफाइ गरेको हो ।
गाउँ, टोल र सहर सफा राख्दै समुदायबाट उत्पन्न भएको फोहोरलाई वर्गीकरण गरी फोहोरलाई पुनः प्रयोग गर्ने तथा प्रयोगमा आउन नसक्ने फोहोरलाई व्यवस्थापन गर्ने उद्देश्यका सफाइ गरिएको बास नेपालका कार्यक्रम संयोजक मन भण्डारीले बताए । सरसफाई अभियानमा नेपालगन्ज १२ का वडा सदस्य राजकुमार वाल्मिकी, बास नेपालका बाँके शाखा अध्यक्ष रामु चिडिमार, बास नेपालका पदाधिकारी, कर्मचारी, स्वयंसेवकहरु र स्थानीयको सहभागिता रहेको थियो ।
कार्यक्रमबाट प्लाष्टिका बोतलहरु, प्लाष्टिकका झोला तथा पोलेथिनहरु, शीशा र बोतलहरु, कागजजन्य पदार्थ, मिसावट भएको फोहोरहरुलाई अलग अलग गरेर फोहोर संकलन गरिएको बास नेपालका कार्यक्रम अधिकृत रविन्द्र बोहराले बताए । टोलमा रहेका सम्पूर्ण नाला जाम भएर पानी पास हुन नसक्ने अवस्था भएकोमा सो नालाहरु सफा गरिएको बोहराले बताए ।









