मनमोहक सल्यानको कुपिन्डे दह (फोटो फिचर)

कुपिन्डे दह : सल्यानको वनगाँड कुपिन्डे नगरपालिका–८ मा रहेको पर्यटकीय क्षेत्र कुपिन्डे दह अवलोकन गर्न पर्यटकहरु आकर्षण बढेको छ ।
बाँकेको नेपालगन्ज उप–महानगरपालिका वडा नं. १८ भुजइगाउँमा रहेको श्री पाटेश्वरी आधारभूत विद्यालयका शिक्षक शिक्षिका बिहीबार दिउँसो ताल अवलोकन गर्दै गरेको भेटिए ।

दहको छेवैमा छ बराहदेवको मन्दिर छ । जहाँ भेडा, कुखुरा र कुपिण्डोको बली चढाउने गरिन्छ । दह २३.५३ हेक्टर क्षेत्रफलमा फैलिएको तालको लम्बाइ ८३४ मिटर र चौडाइ ५३८ मिटर रहेको छ । कुपिण्डे दह समुन्द्री सतहदेखि ११ सय २० मिटर उचाइमा रहेको छ । तालमा डुगा सयर पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।