चुरे पूर्वविद्यार्थी परिवारद्वारा ईशालाई श्रद्धाञ्जली अर्पण

काठमाडौं : चुरे पूर्वविद्यार्थी परिवार काठमाडौंले स्वर्गीय ईशा क्षेत्रीलाई श्रद्धाञ्जली अर्पण गरेको छ ।
संस्थाका संस्थापक कोषाध्यक्ष सीता थापाकी छोरी ईशाको क्यान्सर रोगका कारण २५ वर्षको उमेरमा असमायिक निधन भएको सातौं दिन सोमबार चुरे पूर्वविद्यार्थी परिवारका उपाध्यक्ष दिनेशकुमार श्रेष्ठ नेतृत्वको टोलीले गौशालास्थित पशुपति किरिया घर पुगर श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

संस्थाका पदाधिकारी, कार्य समिति सदस्य गरी १३ जनाले जनही पाँच हजार रुपैयाँका दरले ६१ हजार पाँच रुपैयाँ पनि हस्तान्तरण गरेको संस्थाका सचिव प्रेमबहादुर थापाले जानकारी दिए ।