पर्यटन प्रर्बद्धन र फोटोग्राफी सम्बन्धी अनुशिक्षण सम्पन्न
नेपालगन्ज : बाँकेमा पर्यटन प्रर्बद्धन र फोटोग्राफी सम्बन्धी एक दिने अनुशिक्षण कार्यक्रम गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)को साझेदारीमा नेपाल पर्यटन बोर्डले सञ्चालन गरेको दिगो पर्यटन परियोजनाले नाट्टा बाँके च्याप्टर र क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)सँगको समन्वयमा पत्रकार र पर्यटनकर्मीका लागि अनुशिक्षण कार्यक्रम आयोजना गरेको हो ।

नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दीलिपप्रकाश कार्कीले पर्यटन रिपोर्टिङ र फोटो पत्रकार सुनिलचन्द्र बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे सहजीकरण गरेका थिए ।
यसअघि कार्यक्रमको नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले उदघाट्न गरेकी थिइन् । नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षता, उपाध्यक्ष झविलाल शर्माको स्वागत मन्तव्य र क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष साबित्री गिरीले उद्देश्य प्रकाश पारेको कार्यक्रममा नाट्टा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई र महासंघ बाँके शाखा अध्यक्ष नविन गिरीले बाँकेको पर्यटकीय विकासमा पर्र्यटन वोर्डको भूमिकाबारे ध्यानाकर्षण गराएका थिए ।
कार्यक्रममा पत्रकार, र पर्यटनकर्मी गरी ७५ जनाको सहभागिता रहेको थियो ।









