लुम्बिनी प्रदेशमा जीवन बीमा गर्ने बाँकेमा दोस्रो बढी !
नेपालगन्ज : बाँके लुम्बिनी प्रदेशमै सबैभन्दा बढी जीवन बीमा गर्ने दोस्रो जिल्लामा परेको छ ।
नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले नेपाल पत्रकार महासंघ बाँकेको समन्वयमा बीमा सचेतना अभिबृद्धिमा पत्रकारहरुको भूमिका बढाउन बिहीबार नेपालगन्जमा आयोजना गरेको कार्यक्रममा प्राधिकरणका सहायक निर्देशक शिवराज विसीले बाँकेमा मात्र १ लाख ९४ हजार ७४९ जनाले बीमा गरेको जानकारी गराएका हुन् । लुम्बिनी प्रदेशमा कूल ११ लाख ६०३ जनाले जीवन बीमा गरेकोमा बाँकेका १७.६९ प्रतिशत रहेका छन् । प्रदेशमा सबैभन्दा बढी रुपन्देहीमा ३ लाख ८३ हजार ६२७ जनाले बीमा गरेका छन् । सबैभन्दा कम रुकुम पूर्वमा ३ हजार २५६ जनाले जीवन बीमा गरेको विसीले प्रष्ट पारे ।
त्यसो नेपालभरमा जीवन बीमा र निर्जीवन बीमामा लुम्बिनी प्रदेशको हिस्सा दोस्रो स्थानमा छ । सबैभन्दा बढी बागमति प्रदेशमा ४६.०७ प्रतिशत र दोस्रोमा लुम्बिनी १४.७६ प्रतिशत रहेको छ । त्यसैगरी निर्जीवन बीमामा बागमति प्रदेशमा ६८.६१ प्रतिशत र लुम्बिनी प्रदेशमा ८.५५ प्रतिशत रहेको छ । बीमा प्राधिकरणका अनुसार आर्थिक बर्ष २०८२र८३ को असोजसम्म बीमाको पहुँच बढेर ४९.०५ प्रतिशत पुगेको छ ।
सहायक निर्देशक विसीले नेपालमा जोखिमको अवस्था रहेको भन्दै नेपाल जलबायु परिवर्तनको जोखिममा १०औं, भूकम्पीय जोखिममा ११औं, मिश्रित विपद् १६औं र बाढी पहिरोको जोखिमका हिसाबले विश्वमा ३०औं स्थानमा रहेको जानकारी गराए ।
नेपाल बीमा प्राधिकरण बुटवल कार्यालयकी निर्देशक जमुना अर्यालको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाई, सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजन कोहलपुर प्रमुख निराजन खनाल, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी बाँकेका अध्यक्ष सिद्धान्तजंग शाह, पत्रकारहरु निरज गौतम, शंकरप्रसाद खनाल, शरण कर्माचार्य, करुणा शाह, सावित्री गिरी, माधव अधिकारी, लोकनाथ शर्मा, बैकुण्ठप्रसाद अधिकारी लगायतले बीमा सम्बन्धि आफ्ना अनुभवसहित विभिन्न सुझाव र पृष्ठपोषण दिएका थिए । कार्यक्रमको सहजीकरण नेपाल बीमा प्राधिकरण बुटवलका बलराम गिरीले गरेका थिए । कार्यक्रममा नेपालगन्जमा क्रियाशील पत्रकार र विभिन्न बीमा कम्पनीका प्रमुख एवं प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।









