मलद्वारमा लुकाएर ब्राउन सुगरको तस्करी !

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुरमा मलद्वारमा लुकाइछिपाइ लागूऔषध ब्राउन सुगर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ३ जना युवालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी कालाकुन्डाको बिटमा शंकास्पद रुपमा आइरहेको अवस्थामा चेकजाँच गर्दा मलद्वारमा लुकाएको अवस्थामा टीकापुर नगरपालिका वडा नं ८ का वर्ष ३१ प्रविन साउँद, वर्ष २६ को धनबहादुर चौधरीलाई मलद्वार र हातमा लुकाइछिपाइ ल्याउँदै रहेको अवस्थामा ५.६६० ग्राम ब्राउन सुगरसहित पक्राउ प्रहरी चौकी कालाकुन्डाका इन्चार्ज चक्रबहादुर सिहंले जानकारी दिए ।
त्यसैगरी टीकापुर नगरपालिका वडा नं. ९ का कृष्ण साउँदलाई खक्रौलाबाट इप्रका टीकापुरको टोलीले ४.८० ग्राम ब्राउन सुगरसहित पक्राउ परेको र थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय टीकापुरमा हिरासतमा राखिएको डीयसपी प्रकाश डाँगीले बताए ।








