कैलालीमा एउटा बेवारिसे भरुवा बन्दुक फेला

मानबहादुर ठकुल्ला । भजनी
कैलालीको भजनीमा एउटा बेवारिसे भरुवा बन्दुक फेला परेको छ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र साउदका अनुसार भजनी नगरपालिका–९ गन्जहुवास्थित सरस्वती सामुदायिक वनभित्र लम्कीतालको छेउमा रुखको टोट्कोमा बिहीबार दिउँसो एक नाले भरुवा बन्दुक एक थान लुकाई छिपाई राखेको अवस्थामा फेला परेको हो । उक्त बन्दुक इप्रका भजनीबाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रमुख साउँदले जनाएको छ।








