जनमतको ६७औं रक्तदान श्रृङ्खला : ५७ ले गरे रक्तदान
नेपालगन्ज : जनमत अर्धसाप्ताहिकको त्रैमासिक रक्तदानकोे ६७औं श्रृङ्खलामा ५७ ले रक्तदान गरेका छन् ।
जनमतले शनिबार नेपालगन्जमा गोपाल–नीना फाउण्डेसन नेपाल नेपालगन्जसँग सहआयोजना गरेको रक्तदान कार्यक्रममा चिकित्सक, स्वास्थ्यकर्मी, पत्रकार, औषधि व्यवसायी, नेपालगन्ज साइकल क्लबका प्रशिक्षार्थीहरु तथा नियमित रक्तदाता गरी ४ जना महिला सहित ५७ जनाले रक्तदान गरेका हुन् ।
रक्तदान गर्नेहरुमा स्वयंसेवी नियमित रक्तदाताहरुमा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकि अध्यक्ष दिला शाह, कोषाध्यक्ष मनमोहन वर्मा, नेपाल स्वयंसेवी रक्तदाता राप्तीसोनारी गाउँपालिका उपसमितिका सल्लाहकार तथा वडा नं.६ का वडाध्यक्ष तथा नेपाल स्वयंसेवी रक्तदाता समाज राप्ती सोनारीका सल्लाहकार लवराज खरेल, नीरजमान श्रेष्ठ, लक्ष्मणप्रसाद वैश्य, उर्दू साहित्यकार असफाक संघर्ष जसगढ, पवनकुमार प्रसाद वैश्य, गौतमप्रसाद पौडेलले रक्तदान गरेका हुन् ।
त्यसैगरी गोपाल–नीना फाउण्डेसन, नेपालका सिर्च अफिसर अनिल खनाल, कमलेशकुमार कर्ण, नेपाल औषधी बिक्रेता संघ बाँकेका अध्यक्ष डि.आर. पाण्डे, नियमित रक्तदाता रक्तदाता महेश श्रेष्ठ, मनिष श्रेष्ठ, स्वास्थ्यकर्मी टीकाराम खनाल, निखिल जायसवाल, रक्तदाता समाज बाँकेका सदस्य तथा प्राविधिक होमराज गिरी, लोकनाथ शर्मा, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गरे ।
त्यस्तै पंकज आले, रामबहादुर चौधरी, रामप्रसाद चौधरी, सरोजकुमार चौधरी, दिनेश थापा, महेन्द्र चौधरी, राममिलन कोरी, दिनेश अछामी, मनोज दहित, राजकुमार चौधरी, नविन न्यौपाने, प्रदीप ज्ञवाली, युवराज कुनवाल, सन्तोष भुषाल, दिपक कुमार जायसवाल, नितेश जायसवाल, दिनेश कुमार तमोली, भरतबहादुर कार्की, विष्णु चौधरी, बाबुराम विश्वकर्मा, विनोदकुमार तमोली,
राजित बुढाथोकी, दीक्षा थापा, डा. सविन अधिकारी, डा. लोकेन्द्र कुँवर, अर्जुन केसी, याम खत्री, रामप्रसाद अधिकारी, खगेन्द्र ठकुरी, रुस्तम अलीद र्जी, प्रतिक रेग्मी, सुवोधकुमार जोशी, मुना केसी, अनिल कुनाल, जानकी गाउँपालिका वडा नं.६ का पूूर्ववडाध्यक्ष रमेशकुमार वर्मा, आराम्भ वैश्य, सुरज विष्ट, शालिकराम कुर्मी, धमेन्द्रकुमार वर्मा, दिनेशकुमार वर्मा, अर्जुन केसी, रामराज अधिकारी, खगेन्द्र शाही, एकता युवा क्लब नेपालगन्ज–२२ का अध्यक्ष राजेशकुमार यादव
पनि रक्तदान गरेका थिए ।
यसैगरी स्वास्थ्यकर्मी टीकाराम खनाल, गगनसिंह थापा, नेरेसोकी वरिष्ठ प्रशासकीय अधिकृत निरञ्जना मल्ल, कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्मा, रक्त प्राविधिकहरु होमराज गिरी, महेश राना क्षेत्री, सञ्जय बढहीले रक्तदान गरे ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका होमराज गिरी, सुनिता कुमाई, सन्दिप आचार्य, महेश राना क्षेत्री, महेश दहित, प्रशान्त थारु, सञ्जय बढही र वीरेन्द्र योगीले प्राविधिक सहयोग गरेका थिए ।
उक्त कार्यक्रमका लागि डिजिटल हेल्थ पार्टनर हेल्थ याद आयो (मोवाइल हेल्थ एप), अन्नपूर्ण ग्याष्ट्रो केयर अस्पताल, नेपाल स्वयम्सेवी रक्तदाता समाज, बाँके, कला कृति सेभेल क्याफे, लगायतले समन्वय र सहकार्य गर्दै आएको छ ।
सो अवसरमा रक्तदाताहरुलाई फाउण्डेसनका संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ, फाउण्डेसनकी सह–निर्देशक डा. तृप्तीपाल रमण, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिलाशाह, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके, फाउण्डेसनको नाम लेखिएको कप हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सफल पार्न गोपाल–नीना फाउण्डेशनका स्वयंसेवकहरु दक्षिणा क्षेत्री, रोशनी रानामगर, पवित्रा थापामगर तथा नरेन्द्र विक्रम शाह, नेपाल स्वयंसेवी रक्तदाता राप्ती सोनारी गाउँपालिका उपसमितिका उपाध्यक्ष अमृता के.सी. लगायतले सक्रिय सहयोग गरेका थिए । “रक्तदान जीवनदान”को महान उद्देश्यका साथ जनमत अद्र्धसाप्ताहिकको रजत उत्सवको अवसरमा वि.सं. २०६३ साल वैशाख २९ गतेदेखि निरन्तर रुपमा त्रैमासिक रक्तदान श्रृङ्खला गर्दै आएको छ ।
जेहेन्दार छात्रालाई छात्रवृत्ति हस्तान्तरण
कार्यक्रममा फाउण्डेसनका संरक्षकद्वय डा. गोपाल श्रेष्ठ, डा. नीना श्रेष्ठ, संस्थापक अध्यक्ष वरिष्ठ पेटरोग विशेषज्ञ डा. गौरव श्रेष्ठ र फाउण्डेसनकी सह-निर्देशक डा. तृप्तीपाल रमण,एविसी स्कुलका कक्षा ६ की जेहेन्दार छात्रा काव्या श्रेष्ठलाई ३५ हजार रुपैयाँको छात्रवृत्ति हस्तान्तरण गरेका थिए ।





