नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा बुढाथोकी

नेपालगन्ज : नेपालगन्ज साइक्लिङ क्लबको अध्यक्षमा कविराम बुढाथोकी निर्वाचित भएका छन् ।
क्लबको शनिबार नेपालगन्जमा सम्पन्न पाँचौं अधिवेशन तथा सातौँ साधारणसभाले बुढाथोकीलाई सर्वसम्मत् रुपमा अध्यक्ष निर्वाचित गरेको हो । कोषाध्यक्ष बाहेक सबै पदमा निर्विरोध निर्वाचित भएको क्लबका पूर्वअध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
क्लबको प्रथम उपाध्यक्ष सुनीलसिंह हमाल, द्वितीय उपाध्यक्ष दीपककुमार गुप्ता, सचिव विजयेन्द्र जिसी त्रिवेदी, सह–सचिव विष्णु कँडेल र कोषाध्यक्ष राजेशकुमार गुप्ता, निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरू प्रदीप बाहुन, प्रकाश विष्ट, अजयबहादुर केसी, अशोककुमार दीक्षित र दिनेश थापा निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष बुढाथोकीले साइक्लिङलाई जीवनशैलीका रूपमा विकास गर्दै युवा पुस्तालाई स्वास्थ्यप्रति सचेत गराउने र वातावरण संरक्षणमा योगदान दिने गरी क्लबलाई अझ सक्रिय बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष प्रदीप सापकोटाले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने साइक्लिष्टहरुलाई सम्मान गरेका थिए ।









