उज्यालो बहुउद्देश्यीय सहकारीको नाफा ८ लाख
मानबहादुर ठकुल्ला । टीकापुर
आर्थिक मन्दीको बेलामा पनि कैलालीको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले ८ लाख नाफा कमाएको छ ।
टीकापुर नगरपालिका वडा नं. ६ मा केन्द्रीय कार्यालय रहेको उज्यालो सहकारीको शनिबार सम्पन्न १९औं बार्षिक साधारणसभा प्रस्तुत गरिएको प्रतिवेदनमा आर्थिक वर्ष २०८१र०८२ मा ८ लाख ६२ हजार ३ सय ६६ रुपैयाँ खुद नाफा कमाउन सफल भएको जानकारी दिइएको हो ।
एक हजार ७० जना शेयर सदस्य रहेको सहकारीको शेयर पुँजी ५३ लाख ३४ हजार ४ सय रहेको छ भने १ करोड ९३ लाख १४ हजार २ सय ५९ रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष डम्बर बहादुर घर्ती मगरको अध्यक्षतामा भएको वार्षिक साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिकाका वडा न ६ का वडा अध्यक्ष बलिराम चौधरीले सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको समेत बताएका छन् । उनले सहकारीको मेरुदण्ड भनेको सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नु पर्ने बताए ।
त्यसै गरि बिशिष्ठ अतिथिको आसनबाट टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले सहकारीहरु हाम्रा सम्पत्ति रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका छन् । उनले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण जीवनयापन गर्न सहज भएको बताएका छन् ।
वार्षिक साधारण सभाको अवसरमा सहकारीले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट ऋणी उत्कृष्ट कृषक र धान गहुको बीउ बिक्री गरेर सहयोग गर्ने बर्दियाका एग्रोभेटका संभालकलाइ समेतलाई पनि सम्मान गरेको थियो ।
कार्यक्रममा शेयर सदस्य लालवीर चौधरी, मातृभूमि साना किसान सहकारी संस्थाका अध्यक्ष मन्जु बिक, लक्ष्मीनारायण बहुउद्देश्यीय सहकारी संस्थाका सचिव उपेन्द्र खड्का, सामुदायिक सहकारी संस्थाका अध्यक्ष पलबहादुर बस्नेत, निर्वाचन समितिका संयोजक वीरेन्द्र शाह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सहकारी संस्थाको चुनावी साधारण सभा भएकोले आइतबार निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।









