सोफिया स्कुलको २१औं वार्षिकोत्सव र क्रिसमस उत्सव भव्य रुपमा सम्पन्न

नेपालगन्ज : सोफिया रेसिडेन्सियल इङ्लिस स्कुल नेपालगन्जको २१औं वार्षिकोत्सव तथा क्रिसमस उत्सव-२०२५ भव्य रुपमा सम्पन्न भएको छ । विद्यालय परिसरमा आयोजित समारोहको सोमबार बिहान पूर्वमन्त्री मोहम्मद इस्तियाक रार्ईले उद्घाटन गरेका थिए ।

उनले सोफिया जिल्लाकैै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित हुन सफल भएको भन्दै भविष्यमा आफूले पनि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवि मसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय बाँकेका प्रमुख उद्धवप्रसाद श्रेष्ठ, क्रियाशील महिला पत्रकार बाँकेकी अध्यक्ष सावित्री गिरी, अभिभावक सूर्यप्रसाद धितालले रचनात्मक क्रियाकलाप र गुणस्तरीय शिक्षाका लागि सोफिया लोकप्रिय बनिरहेको भन्दै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।

सोही समारोहमा एकेडेमीतर्फ उत्कृृष्ट, चित्रकला, हाजिरीजवाफ र हाइजेनिक गरी विभिन्न विधाका विजेता विद्यार्थीलाई अवार्ड वितरण गरिइएको विद्यालयका प्रिन्सिपल सुरेश गुरुङले जानकारी दिए । विद्यार्थीले वर्षभरी विद्यालयमा आउँदा ल्याउने हाइजेनिक खाजा, अनुशासन, स्वास्थ्य र सरसफाइका साथै सहपाठीबीच गर्ने असल व्यवहारका आधारमा पहिलो पटक बेस्ट हाइजेनिक अवार्ड वितरण गरेको प्रिन्सिपल गुरुङ बताउँन् ।
विद्यालयका नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले सामूहिक नृत्य, गीत र नाट्य गरी ४५ वटा प्रस्तुती दिएका थिए । कार्यक्रम सञ्चालनदेखि लाइभ म्यूजिकमा समेत विद्यार्थीकोे सहभागिता रहेको थियोे ।