कोहलपुर महोत्सव : विद्यालय स्तरीय नृत्य प्रतियोगितामा गोरखा स्कुल प्रथम
कोहलपुर : बाँकेको कोहलपुर महोत्सवमा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा गोरखा युनाइटेड पब्लिक स्कुल प्रथम भएको छ । महोत्सवमा शुक्रबार दिउँसो सम्पन्न फाइनल चरणमा ६ वटा विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो। महोत्सव मूल आयोजक समितिका संयोजक प्रदीप भट्टराईले गोरखाले गोरखालाई ५० हजार रुपैयाँ पुरस्कार, र ट्रफी र प्रमाण पत्र हस्तान्तरण गरे ।
प्रतियोगितामा कोहलपुरकै निम्बल स्कुल दोस्रो र ज्ञानज्योति माध्यमिक विद्यालय तेस्रो भए । दोस्रो र तेस्रोले ३० हजार र २० हजार र प्रमाण पत्र प्राप्त गरेका थिए। प्रतियोगितामा वेस्टर्न स्कुल सान्त्वना घोषित भएको थियो।









