विश्वासिलो सहकारीको आयोजनामा ५२ जनाद्वारा रक्तदान
बेलुवा (बर्दिया) : बर्दिया ठाकुरबाबा नगरपालिकाको विश्वासिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ५२ जनाले रक्तदान गरेका छन् ।
सहकारीले सोमबार नेपाल स्वयंसेवी रक्तदाता समाज मधुवन नगर समितिसँग सहकार्य तथा रक्तसञ्चार केन्द्र जिल्ला शाखा बर्दियाको प्राविधिक सहयोगमा मधुवन नगरपालिका ४ माँचडचोकमा आयोजना गरेको कार्यक्रममा ४६ पुरुष र ६ महिलाले रक्तदान गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण शर्मा रिजालले जानकारी दिए ।
।
सहकारीका अध्यक्ष गणेशप्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेमप्रसाद लम्साल (७६ पटक), नेपाल रक्तदाता समाज मधुवन नगर अध्यक्ष रामबाबु सुवेदी (२७ पटक), इलाका प्रहरी कार्यालय ढोढरीका सुरक्षाकर्मी, शिक्षक, विद्यार्थी स्थानीय समाजसेवी, बुद्धिजीवी, सहकारीका उपसमितिका सदस्य, कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
ठाकुरबाबा नगरपालिका ८ मढेलामा प्रधान कार्यालय रहेको सहकारीले जिल्लामा रगतको अभाव हुन नदिन नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेको यो सातौं श्रृङ्खला हो ।









