१४७औं मेल्भिन जोन दोस्रो दिन : ६ कार्यक्रम सम्पन्न
नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रमको बाँकेमा बुधबार एकैदिन ६ वटा सेवाका कार्यक्रम सम्पन्न भएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार जिल्लाका विभिन्न क्लबहरुले संयुक्त रुपमा र छुट्टाछुट्टै रक्तीक्षण, पाठेघरको मुखको क्यान्सर शिविर, चिडियाखानाका जनावरलार्ई दानापानी खुवाउने, न्यानो कपडा वितरण, लागूऔषध दूव्र्यसन सम्बन्धी सचेतना कार्यक्रम र द्वीप प्रज्वलन कार्यक्रम गरेका हुन् ।
जोन नं. १८ का लायन्स क्लब अफ कोहलपुर, प्रोफेसनल, कस्तुरी र भ्यूलेले कोहलपुरमा रक्तदान र दाँत परीक्षण गरेका थिए । जिल्लामा रगतको अभाव भइरहेको बेला लायन्सकर्मीले ३२ प्वाइन्ट रगतदान गरेका दिए । ३५ जनाको दाँत परीक्षण गरिएको थियो ।
त्यसैगरी जोन २० अन्तर्गत लायन्स क्लब अफ नेपालगन्ज भेरी, बागेश्वरी, युनिटी र वाटरपार्क क्लबले संंयुक्त रुपमा डुडुवा गाउँपालिकाको बेतहनी स्वास्थ्य चौकीमा पाठेघरको मुखको क्यान्सर सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका थिए ।

जोन चेयर पर्शन तथा उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. फरहत बानोका अनुसार ६० जना महिलाको स्वास्थ्य परीक्षण गरेकोमा ४ जना पाठेघरको क्यान्सरका शंकास्पद रोगी फेला परेका थिए । अरु महिलाको पाठेघरमा इन्फेक्सन भएको पाइएको थियो । उपचारमा आएका महिलाहरुलाई निःशुल्क रुपमा औषधि उपलब्ध गराएको डा.बानोले जानकारी दिइन् ।
त्यस्तै, लायन्स क्लब अफ नेपालगन्ज एभरेष्टले भने नेपालगन्जको महेन्द्रपार्कको चिडियाघरका वन्यजन्तुलाई दानापानी खुवाएको थियो । त्यसैगरी लायन्स क्लब अफ नेपालगन्जले नेपालगन्जको फुल्टेक्रामा रहेको बाँके नेत्रहीन संघका न्यानो कपडा वितरण गरेको थियो ।
त्यसैगरी लायन्स क्लब अफ कोहलपुर सयपत्रीले कोहलपुर १४ को राम माध्यमिक विद्यालयमा लागूऔषध दूव्र्यसन सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
साँझ लायन्स क्लब अफ नेपालगन्ज पञ्चशील, सिटी, पीएनएलएफ, कमिट नेपाल, स्वास्थ्य सरोकार मञ्च नेपाल, पूर्णतारा फाउण्डेशन र मानव अधिकार तथा शान्ति समाज बाँकेले १४७औं मेल्भिन जोनको सम्झनामा द्वीप प्रज्वलन कार्यक्रम आयोजना गरेका थिए ।
शुक्रबार पनि एरिया नं. ४ अन्तर्गतका क्लबहरुले सेवाका कार्यक्रम आयोजना गर्ने घोषणा गरेको एरिया चिफ खड्काले जानकारी दिए ।








