४ मुक्तक : तिमी, म अनि…

नरेन्द्र देवकोटा ‘प्रशान्त’
केही भारी तिमी बोक केही भारी बोकुँला म
तिम्रो घर आँगनीमा लौ आएर खोकुँला म
मुटु भरी आँखा भरी तिमीलाई सजाएर
देउराली चढ्दै गर्दा तिमीलाई बोकुँला म ।
तिम्रो घर आँगनीमा लौ आएर खोकुँला म
मुटु भरी आँखा भरी तिमीलाई सजाएर
देउराली चढ्दै गर्दा तिमीलाई बोकुँला म ।
OOO
मेरो सामु नआउ तिमी समस्याका पेटारा छन्
फुकाउन नसकिने धेरै धेरै कुटिरा छन्
कस्ले गर्ला उपचार कस्ले गर्ला समाधान
जतिखोल्यो उतिउति ती पिडाका खटिरा छन् ।
फुकाउन नसकिने धेरै धेरै कुटिरा छन्
कस्ले गर्ला उपचार कस्ले गर्ला समाधान
जतिखोल्यो उतिउति ती पिडाका खटिरा छन् ।
OOO
म नै गर्छु यो मुलुकको रक्षा भन्ने कोही छैन
चाह मेरो बिकासको भन्ने पनि कोही छैन
आफै ठूलो आफै राम्रो भन्ने मात्र देखेको छु
देश रहे तब रम्छु भन्ने पनि कोही छैन ।
OOO
तिम्रो पनि भूमिका छ , मेरो पनि भूमिका छ
नागरिक नेता सबै मिली जुट्नि भूमिका छ
फुट्नि हैन लड्नि हैन बाँदर र बिराला झैँ
नेपालको उन्नतिमा एक हुनि भूमिका छ ।
२०८२/९/२५ प्यूठान।








