दिगो विकास सहकारीको अध्यक्षमा बुढा र प्रगतिशील सहकारीको नेतृत्वमा ढुंगाना

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको दिगो विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा सेतबहादुर बुढा निर्वाचित भएका छन् ।

टीकापुर नगरपालिका वडा नं. ८ बटनपुरमा प्रधान कार्यालय रहेको सहकारीको शनिबार सम्पन्न १९औं बार्षिक साधारणसभाले बुढाको नेतृत्वमा सर्वसम्मत् रुपमा सन्चालक समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्ष माया साउँद, कोषाध्यक्ष धर्म विक र सचिव चन्द्रबहादुर साउँद पनि निर्विरोध चयन भए । त्यसैगरी सदस्यमा अरुण विक, मीनबहादुर बुढा, लालसरा साउँद, झुमादेवी महर र गोविन्द चौधरी चयन भए । लेखा समितिको संयोजकमा शेरबहादुर बुढा, सदस्यमा हर्क साउँद र अर्पना चौधरी चयन भएका छन् ।
सहकारीले आर्थिक वर्ष २०८१र०८२ मा २० लाख ३८ हजार ४ सय ५८ रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ ।
२ हजार ६२३ जना शेयर सदस्य रहेको सहकारीको शेयर पूँजी ५३ लाख ६९ हजार रुपैयाँ रहेको छ भने ७ करोड ५६ लाख ८० हजार ६८० रुपैयाँ ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सहकारी संस्थाका अध्यक्ष गोविन्दबहादुर कठायतको अध्यक्षतामा भएको साधारण सभालाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै टीकापुर नगरपालिकाका वडा नं. ८ का वडा अध्यक्ष दीर्घबहादुर ठकुल्लाले सहकारीले कृषि क्षेत्रमा उदाहरणीय काम गर्दै आएको बताउँदै सहकारीले कृषि क्षेत्रका लागि मलखादको व्यवस्था गरि राम्रो काम गरेको समेत बताएका छन् । उनले सहकारीको मेरुदण्ड भनेको सहकारीका शेयर सदस्य रहेको बताउँदै शेयर सदस्यहरुलाई सधै सबल र अग्रपंक्तिमा राख्नु पर्ने बताए ।
त्यसै गरी विशिष्ठ अतिथिको आसनबाट साबिक धनसिंहपुर गाविसका पूर्व अध्यक्ष जंगबहादुर साउँदलेले सहकारीहरु सम्पत्ति रहेको बताउँदै तल्लो भेगका सहकारीहरु ग्रामीण क्षेत्रका लागि बैंकको रुपमा स्थापित भएको बताएका छन् । त्यसैगरी समाजसेवी शेरबहादुर साउँदले सहकारीहरुले आफ्ना कार्यक्षमतालाई अब्बल बनाएको बताउँदै आजभोलि सहकारीहरुका कारण जीवनयापन गर्न सहज भएको बताएका छन् ।
सहकारी संस्थाका उपाध्यक्ष जमुना पी विश्वकर्माको स्वागत मन्तब्यसँगै सुरु भएको साधारण सभा कार्यक्रममा त्रिभुवन माविका अध्यक्ष हिरालाल चौधरी, उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्राङ्कुश चौधरी, निर्वाचन समितिका संयोजक भीम महर, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूूहका अध्यक्ष जितराम चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रगतिशील सहकारीको अध्यक्षमा ढुंगाना

टीकापुरकै अर्को प्रगतिशील प्रगतिशिल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा गोमा ढुङ्गाना निर्वाचित भएकी छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ मा प्रधान कार्यालय रहेको सहकारीको शनिबार सम्पन्न १४औं वार्षिक साधारणसभाले ढुङ्गानाको नेतृत्वमा ११ सदस्यीय नयाँ सन्चालक समिति चयन गरेको हो ।
सहकारी संस्थाका अध्यक्ष गिता देवी चौधरीको अध्यक्षतामा भएको साधारण सभामा प्रमुख अतिथि टीकापुर नगरपालिका वडा न ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्यौपाने रहेका थिए भने विशिष्ठ अतिथिमा दिगो विकास समाज भजनीका अध्यक्ष आशा चौधरी रहेकी थिइन् । सहकारी संस्थाका कोषाध्यक्ष दुर्गा चौधरीको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रममा पत्रकार भीमबहादुर बिक, सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका सचिव मोहनबहादुर रावल, भानु सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रका अध्यक्ष मनिराम ढुङ्गाना, एकता बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णगोपाल चौधरी, सुनसुनिया ग्रामीण बिद्युत सहकारी संस्थाका अध्यक्ष देशराज चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । सहकारीमा ४५३ जना शेयर सदस्य रहेका छन् जसमा अधिकाश महिलाको बाहुल्यता रहेको छ । सहकारीको २९ हजार ५१३ मुनाफा गरेको छ ।