१४७औं मेल्भिन जोन : बाँकेका लायन्सकर्मीले खुवाए भोजन

नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार बाँकेका लायन्सकर्मीले विभिन्न आश्रममका आश्रितहरुलाई भोजन खुवाएका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार बिहान १० बजे लायन्स क्लब अफ नेपालगन्ज सिटी र युथ र लियो क्लब अफ नेपालगन्ज सिटीले मानव सेवा आश्रममा हंगर कार्यक्रम अन्तर्गत खाना खुवाउने कार्यक्रम गरेका थिए ।

त्यसैगरी, बिहान ११ः३० बजे लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफ र पञ्चशीलले नेत्रहीन संघ बुलबुलिया नेपालगन्जमा हंगर कार्यक्रम अन्तर्गत त्यहाँ आश्रितहरुलाई खाना खुवाउने कार्यक्रम गरेका थिए ।
त्यसैगरी बेलुका ४ बजे मानव सेवा आश्रम नेपालगन्जमा लायन्स क्लब अफ नेपालगन्ज भेरी र युनिटीले हंगर कार्यक्रम अन्तर्गत खाद्यान्न सामग्री सहयोग गरेका थिए ।
बेलुका लायन्स क्लब अफ कोहलपुर सयपत्रीले हंगर कार्यक्रम अन्तर्गत नील सागर कोहलपुरमा भोजन खुवाउने कार्यक्रम आयोजना गरेको थियो ।

त्यसैगरी, बिहान ११ बजे लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र जीवनले भाटभटेनी सुपर मार्केटमा आँखा परीक्षण कार्यक्रम आयोजना गरेका थिए ।

त्यसैगरी बिहान ११ः३० बजे नै लायन्स क्लब अफ कोहलपुर, प्रोफेसनल, कस्तुरी र भ्यूले संयुक्त रुपमा भरैया विद्यालयमा बिरुवा गोडमेल कार्यक्रम आयोजना गरेका थिए ।