टीकापुरका स्थानीय लागूऔषध दूर्व्यसनविरुद्ध जागे

मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको खक्रौला नाकामा आइतबार लागूऔषध दूर्व्यसनविरुद्ध सचेतना -याली निकालिएको छ । जिल्लामा लागूऔषध दूर्व्यसन र कारोबारको अवस्था भयावह अवस्था रहेको बेला लागूऔषधको ओसारपसार नियन्त्रण र लागूऔषध दूर्व्यसन रोकथामका खक्रौलास्थित नेपाल भारत सीमा नाकामा टीकापुर-९ को आर्थिक सहयोगमा वडा स्तरीय टोल विकास संस्थाको आयोजनामा सचेतनामूलक कार्यक्रम गरिएको हो ।
टीकापुर-९ बालुवाटारबाट सुरु भइ विभिन्न समुदाय परिक्रमा गरी नेपाल भारत सीमा नाका खक्रौलामा कोण सभामा परिणत भएको थियो । वडा स्तरीय टोल विकास संस्थाका अध्यक्ष कृष्णा चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न कार्यक्रममा प्रहरी चौकी कालाकुण्डाका इन्चार्ज प्रहरी नायव निरीक्षक मोतिसिंह बम, समाजसेवी सुरेन्द्र देवकरलगायतले लागूऔषध प्रयोगले जीवनमा पर्ने असर त्यसबाट बच्न सक्ने उपायका बारेमा धारणा राखेका थिए ।
कैलालीको टीकापुर लगायत यस सीमा नाकाबाट दैनिक जसो लागूऔषध प्रयोगकर्ता र ओसारपसारमा संग्लग्न युवाहरु पक्राउ पर्ने गरेको छन् ।