१४७औं मेल्भिन जोन : बाँकेका क्लबले गरे ८ सेवाका काम
नेपालगन्ज : लायन्स क्लबका संस्थापक मेल्भिन जोन्सको १४७औं जन्मजयन्तीको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आइतबार बाँकेका लायन्स क्लबले ८ वटा सेवाका कार्यक्रम गरेका छन् ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ एनको एरिया नं. ४ का एरिया चिफ पुष्कर खड्काका अनुसार बिहान ८ बजे लायन्स क्लब अफ नेपालगन्ज सिटी र लियो क्लब अफ नेपालगन्ज सिटीले नेपालगन्ज २ घरवारी टोलको एक्स्ट्रिम फिटनेस र कृपा हस्पिटलसँगको सहकार्यमा रक्तदान र मधुमेह चेकजाँच कार्यक्रम गरेका थिए ।
बिहान ९ बजे लायन्स क्लब अफ नेपालगन्ज इनोभेटिभ र जीवनले मानव सेवा आश्रमममा भोजन खुवाउने कार्यक्रम गरेका थिए ।
बिहान ९ बजे नै जोन १८ अन्तर्गतका लायन्स क्लब अफ कोहलपुर, प्रोफेसनल, कस्तुरी र भ्यूले संयुक्त रुपमा कोहलपुरको नयाँ बसपार्कमा आँखा जाँच कार्यक्रम गरेका थिए ।

दिउँसो १ बजे लायन्स क्लब अफ कोहलपुर सयपत्रीले कोहलपुर ११ को शिवमन्दिर सफाइ र बिरुवा गोडमेल कार्यक्रम गरेका थिए ।
दिउँसो २ बजे लायन्स क्लब अफ नेपालगन्ज र जीवनले जय बागेश्वरी असहाय बाल संरक्षण केन्द्र राप्तीसोनारी ५ चाफरफर्कामा खाद्यान्न सामग्र्री सहयोग गरेका थिए ।
दिउँसो २ बजे नै लायन्स क्लब अफ नेपालगन्ज पञ्चशीलले आमाको छात्रावास नेपालगन्जमा स्टेशनरी र खेलकुद सामग्री वितरण गरेको थियो ।
बेलुका ६ बजे लायन्स क्लब अफ नेपालगन्ज युनिटीले हंगर कार्यक्रम अन्तर्गत कोहलपुरको रामजानकी गुरुकुलमा भोजन खुवाउने कार्यक्रम गरेको थियो ।
लायन्स क्लब अफ नेपालगन्ज पीएनएलएफले बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं. ३ मा रहेको भवानी माध्यमिक विद्यालय सिमरामा विद्यालय सामग्री वितरण गरेको थियो । लायन्स क्लबले आयोजना गरेका सेवाका कार्यक्रममा डिष्ट्रिक गर्भनर ज्ञानेन्द्रकुमार श्रेष्ठ, पूर्वगर्भनर, सिनियर लायन्सकर्मी, क्लब अध्यक्ष, पदाधिकारी र सदस्यहरुको उत्साहजनक सहभागिता रहेको थियो ।








