कैलालीको सत्तीमा नसर्ने रोग सम्बन्धी स्वास्थ्य परीक्षण
मानबहादुर ठकुल्ला । टीकापुर
कैलालीको टीकापुर नगरपालिका वडा न ७ सत्तीमा नसर्ने रोगका लागि स्वास्थ्य परीक्षण र स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम सञ्चालन गरिएको छ । टीकापुर ७ का बासिन्दालाई नसर्ने रोग निदानका लागि स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामीले जानकारी दिए ।
टीकापुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा र स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा भएको नसर्ने रोग सम्बन्धि स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रम ६९ जना महिला ३६ जना पुरुष गरी १०५ जनाले सेवा लिएका छन् । नसर्ने रोगका लागि स्वास्थ्य परीक्षण, स्वास्थ्य सचेतना तथा परामर्श कार्यक्रममा मृगौलाको समस्या, प्रेसर, बाथरोग लगायतका नसर्ने रोगको बारेमा स्वास्थ्य सचेतना तथा परामर्श दिएको स्वास्थ्य कार्यालय धनगढीका मीनबहादुर धामीले जानकारी दिए ।








