गजल
नरेन्द्र देवकोटा ‘प्रशान्त’
मेरी मुटु तिमीसँग अरु कुनै आशा छैन !
सुकोमल बोली बोल्छौ तिम्रो तितो भाषा छैन !!
अञ्जुलीको नापो जत्ति माया दिन मिल्छ भने
सङ्लो चोखो माया देउ अरु अभिलाषा छैन !!
न त आकाशको लोभ न त ठूलो समुद्रको
तिम्रै माया मेरो चाह अरु जिजिविषा छैन !!
पानी सरी सफा तिमी फूल जस्तै रंगीचंगी
चाहेको छु तिम्रो माया अरु कुनै हिस्सा छैन !!
न दिन छ न त रात, न त भोक न त तिर्खा
तिमी छौ र संसार छ नत्र मेरो भान्सा छैन !!
तिमी मेरी आकाश हौ तिमी मेरी भूगोल हौ
तिमीलाई छोडी कतै जाने मेरो दिशा छैन !!
२०८२/१०/२७ मंगलबार








