मन्दिर बनाउन गुलरियामा बहुसांस्कृतिक महोत्सव जारी

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा मन्दिर बनाउन बहुसांस्कृतिक गुलरिया महोत्सव-२०८२ सञ्चालन भइरहेको छ । गुलरिया नगरपालिका-४ कैलाशनगरमा निर्माणाधीन शिवशक्ति बुढानीलकण्ठ मन्दिर निर्माणका लागि आर्थिक सहयोग जुटाउन महोत्सव आयोजना गरिएको हो ।
धार्मिक आस्थासँगै सामाजिक विकास र सांस्कृतिक संरक्षणलाई जोड्दै महोत्सव आयोजना गरिएको संयोजक राजु भण्डारी बताउँछन् । महोत्सवले स्थानीय उत्पादनको प्रबर्द्धन, सांस्कृतिक पहिचानको संरक्षण तथा धार्मिक संरचना निर्माणमा सहयोग पुग्ने विश्वास लिइएको छ। माघ २६ गतेदेखि सुरु भएको महोत्सव आगामी फागुन ७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।