ठाकुरबाबा नगर शिक्षक संगठनको अध्यक्षमा नेपाल

भुरिगाउँ (बर्दिया) : बर्दियाको ठाकुरबाबा नगर शिक्षक संगठनको अध्यक्षमा दोस्रो कार्यकालका लागि खगेन्द्र नेपाल चयन भएका छन् ।
नगरपालिका अन्तरगतका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरुको शुक्रबार भएको भेलाले चुरे माध्यमिक विद्यालय बगनाहामा कार्यरत शिक्षक नेपालको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा रोमहर्षनाथ योगी, सचिव सुन्दरकुमार खनाल, सह सचिव श्याम सुवेदी र कोषाध्यक्षमा टीकाकुमारी सापकोटा चयन भएका हुन् । त्यसैगरी सदस्यहरुमा बजगाई राजेश, विनोद नेपाली, प्रितमकुमार थारु, मञ्जु न्यौपाने, बलिराम चौधरी र आदिराम जैशी चयन भएको अध्यक्ष नेपालले जानकारी दिए । यसअघि २०७७ सालमा ठाकुरबाबामा कार्यरत शिक्षकहरुको भेलाले पहिलो पटक नेपालकै नेतृत्वमा संगठन गठन गरेको थियो ।









