कांग्रेस उम्मेदवार पुनको प्रतिज्ञा पत्र : आर्थिक समृद्धि

नेपालगन्ज : बाँके क्षेत्र नम्बर ३ प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुनले प्रतिज्ञा पत्र सार्वजनिक गरेका छन् । पुनले शनिबार सार्वजनिक गरेको प्रतिज्ञा पत्रमा कृषि, पर्यटन, उद्योग, युवा र प्रविधिलाई आर्थिक समृद्धिसँग जोड्ने उल्लेख छ ।
उनले जनक शिक्षा सामग्री केन्द्र, कपास विकास समिति, नौवस्ता औद्योगिक क्षेत्र, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, कृषि निर्देशनालय तथा अनुसन्धान केन्द्रको स्तरोन्नतिलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन् । आर्थिक उन्नतिका लागि कृषि उत्पादनलाई जोड दिँदै सिक्टा सिँचाइ, भेरी बबई डाइभर्सन र बबई सिँचाइ नहरलाई व्यवस्थित गर्ने रहेको छ ।