मन्टेश्वरीका अभिभावक र बालबालिकाबीच रोचक खेल !

नेपालगन्ज : क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले अभिभावक र बालबालिकाबीच विभिन्न किसिमका रोचक खेल कार्यक्रमको गरेको छ । २०७२ सालमा नेपालगन्ज उप–महानगरपालिका वार्ड नं. १२ बेलासपुरमा सन्चालमा रहेको मन्टेश्वरीले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बोकेर बेलुन फुटाउने खेल, अभिभावकले रिङ सार्ने र बालबालिकाहरुले रिङमा दौड्ने खेल, तीन खुट्टे दौड्ने खेल, अभिभावकको कुर्सी दौड खेल, आफ्ना बालबालिका पहिचान गर्ने खेल, मार्च पास, अभिभावक र क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरी परिवारबीच फुटबल खेल पनि गरिएको थियो ।

सो अवसरमा कार्यक्रमका बीचमा मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक रेणु शेरचनले खेल कार्यक्रमको बारेमा प्रकाश पारेकी थिइन् भने क्रियटिभ चिल्ड्रेन होमका प्रिन्सिपल तथा संस्थापक खिमा थापाले अभिभावकहरुलाई स्वागत गर्दै कार्यक्रमको बारेमा आफ्नो प्रस्तुती गरेकी थिइन् ।