बाँके-२ मा कांग्रेसका उम्मेदवार कोइरालाको ११ बुँदे संकल्प-पत्र सार्वजनिक
नेपालगन्ज : बाँके क्षेत्र नं. २ बाट नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार शुधान्सु कोइरालाले ११ बुँदे संकल्प–पत्र सार्वजनिक गरेका छन् । कांग्रेस बाँके क्षेत्र नंं. २ ले मंगलबार नेपालगन्जमा आयोजित कार्यक्रममा कोइरालाले राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा रुपान्तरण गर्न अग्रसरता लिने र नेपालगन्ज–दिल्ली लगायत भारतीय सहरमा हवाई उडानका लागि कूटनीतिक पहल गर्ने उल्लेख गरेका छन् ।
संकल्प पत्रमा कानून, न्याय, सुशासन, भौतिक पूर्वाधार र विकास, उद्योग व्यवसाय प्रवद्र्धन, पर्यटन विकास, वातावरण संरक्षण, कृषि तथा उद्यमशिलता, शिक्षा, स्वास्थ्य, यूवा खेलकुदको उत्थान र धर्म(संस्कृति जगेर्नाप्रतिको संकल्पलाई बुँदागत रुपमा समेटिएको छ ।
कांग्रेस बाँके क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ताको सभापतित्व, राष्ट्रिय सभाका सदस्य तथा कांग्रेस बाँकेका पूर्वसभापति युवराज शर्माको प्रमुख आतिथ्यता र पार्टीका क्षेत्र नम्बर २ का क्षेत्रीय सचिव एवम् क्षेत्र नम्बर २ का प्रचार–प्रसार समितिका संयोजक सुनिलसिंह हमालले स्वागत गरेको कार्यक्रममा कांग्रेस बाँकेका कार्यबाहक सभापति गोपालप्रसाद अधिकारीले उम्मेदवार कोइरालाले चुनाव जित्ने ३ आधार प्रस्तुत गरेका थिए । संकल्प पत्र तयारी समितिका सदस्य ललीतकुमार रौनियारले त्यस पत्रमा समेटिएका विषयहरुका बारेमा जानकारी गराएका थिए ।
थिए ।








