अपाङ्गता भएका व्यक्तिलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण

संजय आचार्य । गुलरिया
बर्दियाको गुलरियामा अपाङ्गता भएका व्यक्तिहरूलाई मतदाता शिक्षा सम्बन्धी अभिमुखीकरण गरिएको छ । निर्वाचन कार्यालय बर्दियाका प्रमुख लाल बहादुर मल्लले अपाङ्गता भएका व्यक्तिहरूलाई मतदान प्रक्रिया, मतदाता अधिकार तथा गोप्य मतदानको महत्वबारे प्रशिक्षण दिएका थिए ।
उनले नागरिकता, लाइसेन्स तथा लालपूर्जा देखाएर मतदान गर्न पाइने, एक मतपत्रमा एक मात्र स्वस्तिक चिन्ह प्रयोग गर्नुपर्ने, र गोप्य मतदान भनेको व्यक्तिगत विचार भएकाले आफ्नो निर्णय सुरक्षित राखी मतदान गर्न आग्रह गरे । पहिचान नेपालको बर्दिया संयोजक सुशीला शर्माको अध्यक्षता र गुलरिया नगरपालिका महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी गीता बाकावल प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेत्रहीन संघ बर्दियाले गरेको समन्वय गरेको कार्यक्रम बाँके र बर्दियाका अपाङ्गता भएका ५० जना व्यक्तिको सहभागिता रहेको थियो ।