बाँकेमा ३ लाख ५० हजार मतदाता
नेपालगन्ज : आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँकेमा साढे तीन लाख मतदाता भएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेले शुक्रबार नेपालगन्जमा निर्वाचन र आमसञ्चार सम्बन्धी अन्तरक्रिया कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले ३ लाख ५० हजार ३७१ मतदाता रहेको जानकारी दिएका हुन् ।
बाँकेका तीन वटा निर्वाचन क्षेत्रमध्ये शाहीका अनुसार सबैभन्दा धेरै मतदाता क्षेत्र नं. १ मा एक लाख २४ हजार ७२७, त्यसपछि क्षेत्र नं. ३ मा एक लाख १७ हजार ३५४ र क्षेत्र नं. २ मा एक लाख ८ हजार २९० जना मतदाता रहेका छन् । जिल्लामा सेना, प्रहरी, कर्मचारी गरी २ हजार ९३० जना अस्थायी मतदाता छन् । अस्थायी मतदाताले समानुपातिकमा मात्र मतदान गर्न पाउँछन् ।








