तराई मधेशमा धुमधामका साथ मनाइँदै होली
नेपालगन्ज : तराई मधेशका जिल्लाहरूमा मंगलबार हर्षोल्लासका साथ रंगहरुको पर्व होली मनाइँदैछ। हिमाली र पहाडी जिल्लामा भने सोमबार होली मनाइएको थियो ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने भएकाले परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।








