बाँकेमा मनाइयो तीन दिनसम्म होली पर्व

नेपालगन्ज : बाँकेमा यो वर्ष तीन दिनसम्म होली पर्व मनाइएको छ । सोमबार पहाडी र हिमाली भेगको होली थियो । मंगलबार चन्द्रग्रहणका कारण दिनभर होली मनाउन नपाएपछि बाँकेबासीले बुधबार पनि होली मनाएका हुन् । नगरमा बिहानैदेखि साँझ अबेरसम्म होली खेलिएको थियो ।
वसन्त ऋतुको आगमनसँगै फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने भएकाले परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।